फुटबल

बार्सिलोना कोपा डेल रेको प्रि-क्‍वाटरफाइनलबाटै बाहिरियो

इकागज |
माघ ७, २०७८ शुक्रबार ७:४४ बजे

काठमाडौँ- एथलेटिको बिल्वाओसँग अतिरिक्त समयमा ३-२ ले पराजित हुँदै बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ ।

बिहीबार राति भएको खेलमा पराजित भएसँगै साबिक विजेता बार्सिलोना उपाधिबाट बाहिरिएको हो । बिल्वाओको जितमा इकर मुनिएनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गरे । पराजित बार्सिलोनाका फेरान टोरेस र पेड्रीले समान एक एक गोल गरे ।



Author

थप समाचार
x