सर्वोच्चमा पाँच उच्च प्रहरी अधिकृतको रिटको सुनुवाइ आज
फाइल तस्बिर
काठमाडौँ- नेपाल प्रहरीको पाँच उच्च अधिकृतले सर्वोच्च अदालतमा पेश गरेको रिटको आज पेशी रहेको छ ।
बुधबार उनीहरूले आफ्नो दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाशलाई कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च पुगेर रिट दायर गरेका थिए ।
एआईजी श्यामलाल ज्ञवाली, डीआईजीहरू यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्सपेक्टर नागेन्द्र ठाकुरले रिट दायर गरेका थिए ।
आफूहरूलाई पठाइएको अवकाश पत्र उमेर हदको विषयसमेत ऐनमा उल्लेख गरेर कार्यान्वयन गराउनु भन्ने यसअघिको सर्वोच्चको फैसला अनुसार नभएको उनीहरूले दाबी गरेका छन् ।
प्रहरी अधिकारीहरूले प्रहरी किताबखानाको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत माग गरेका छन् ।
यसअघि एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ जनाले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न माग गर्दै दायर गरेको रिटमा न्यायाधीश हरि फुँयालको इजलासले उनीहरूलाई अवकाशमा नपठाउन अन्तरिम आदेश दिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया