सुशासन

भारतबाट बिस्कुट ल्याउन सहजिकरण गरेकोमा घूस लिने हवल्दार अख्तियारको फन्दामा

इकागज |
भदौ ९, २०७८ बुधबार १८:० बजे

काठमाडौँ - भारतबाट घरायसी प्रयोजनका लागि बिस्कुटलगतायतका समग्री नेपाल भित्र्याउन सहजिकरण गर्न पाँच हजार रुपैयाँ घूस लिने वरिष्ठ हवल्दार राजीशरण साह पक्राउ परेका छन् । महोत्तरीको गौशाला नगरपालिका-५ को रामनगरस्थित सशस्त्र प्रहरी बलको सुरक्षा वेस क्याम्पमा कार्यरत छन् । 

घरमा प्रयोग गर्नका लागि बिस्कुट लगायतका घरायसी सामाग्रीहरु नेपाल भारत सीमाबाट ल्याउन सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग पाँच हजार घूस लिएको उजुरीपछि आयोगको टोली खटिएको थियो ।

वरिष्ठ हवल्दार राजीशरण साह तथा जिल्ला महोत्तरी गौशाला नगरपालिका बस्ने राम आशिष साहलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको आयोगले जानकारी दिएको छ । 



Author

थप समाचार
x