सुशासन

अख्तियारमा सबैभन्दा बढी उजुरी प्रदेश नम्बर २ बाट

संघविरुद्धको उजुरी बाग्मतीमा, स्थानीय तहविरुद्धका उजुरी प्रदेश २ मा

इकागज |
भदौ १७, २०७८ बिहीबार १७:४३ बजे

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी उजुरीका चाङ प्रदेश नम्बर २ बाट पर्ने गरेको देखिएको छ । यस्तो उजुरीमध्ये सबैभन्दा बढी स्थानीय सरकारका निकाय विरुद्धका छन् । 

संघीय, प्रदेश र स्थानीय सरकार मातहतका सरकारी तथा सार्वजनिक निकायहरूमा प्रदेशगत उजुरीको आधारमा विश्लेषण गर्दा प्रत्येक प्रदेशभा स्थानीय सरकारका निकायहरुमा बढी उजुरी परेको देखिन्छ । संघअन्तर्गतका उजुरीहरूमा दुई हजार चार सय ६ वटा उजुरीहरू गैरकानुनी सम्पत्ति, झुठा शैक्षिक प्रमाणपत्र जस्ता विषय सम्बन्धी छन् । 


त्यसपछि क्रमशः संघीय र प्रदेश सरकारका निकायहरूमा बढ़ि उजुरी परेका छन्‌ । बाग्मती प्रदेशमा भने संघीय सरकारका निकायहरूविरुद्धका सबै भन्‍दा बढि उजुरी परेको छ । सूदुरपश्चिम प्रदेशमा संघीय सरकारका निकायहरूमा भन्दा प्रदेश सरकारका निकायहरुका उजुरी बढी परेको देखिन्छ। 


Author

थप समाचार
x