सुशासन

बैंकका कर्मचारीसँग मिलेर ४२ लाख हिनामिना गर्ने ठेकेदारविरुद्ध मुद्दा

इकागज |
भदौ २२, २०७८ मगलवार १६:२० बजे

काठमाडौँ – नेपाल बैंकको सर्लाहीस्थित मलंगवा शाखाको ऋण फाँटका सहायकसँगको मिलेमतो गरेर ४२ लाख रुपैयाँ हिनामिना गर्ने ठेकेदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । सर्लाहीको लालवन्दी नगरपालिका भवन बनाउन ठेक्का दिँदा ठेकेदारलाई नक्कली बैँक ग्यारेन्टीको आधारमा भुक्तानी गरेको पाइएको थियो ।

नक्कली अग्रिम भुक्तानी जमानत बनाई ४२ लाख रुपैयाँ भुक्तानी लिई सरकारी रकम हिनामिना गरेको पुष्टि भएको आयोगले जानकारी दिएको छ । भवनको निर्माण गर्ने क्रममा लोकबीर बेताली/पाँच कुमारी जेभीका पार्टनरहरू अनिल गुप्‍ता र शिव नन्दन पासवानसगँको मिलोमतोमा नक्कली एडभान्स पेमेन्ट ग्यारेन्टी तयार गरेको उल्लेख छ । उनीहरूविरुद्ध काठमाडौँ विशेष अदालतमा मुद्दा दायर भएको आयोगले जानकारी दिएको छ । 



Author

थप समाचार
x