सुशासन

युवालाई तालिम भन्दै गाउँपालिका अध्यक्षले गरे अढाइ लाखको भ्रष्टाचार

इकागज |
असोज १५, २०७८ शुक्रबार १५:४२ बजे

काठमाडौँ - मकवानपुरको कैलाश गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ मा युवा क्षमता विकास तालिम र आधारभूत पत्रकारिता तालिम कार्यक्रम सञ्‍चालन गर्दा अनियमितता गर्ने गाउँपालिका अध्यक्षसहित तीनजनाविरुद्ध मुद्दा दायर भएको छ ।

आधारभूत पत्रकारिता तालिम र युवा क्षमता विकास तालिम सञ्‍चालनबापत भए/गरेको कामभन्दा बढी २ लाख ६० हजार ९ सय रुपैयाँ भुक्तानी गरी लिए दिएको पुष्टि भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । 


सि.नं.

नामथर

कार्यालय

बिगो रु.

कसुर तथा सजायको मागदाबी

  1.  

गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान

जिल्ला मकवानपुर, कैलाश गाउँपालिका

रु.२,६०,९००।–

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसूरजन्य कार्य भएकोले सोही दफाको प्रावधानबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा १(घ) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त बिगो असुल हुन समेत मागदाबी लिइएको छ ।

  1.  

संचालक रामकुमार रिजाल

फिलिंगो मिडिया

रु.२,६०,९००।–

भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) अनुसारको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम उक्त बिगो जफत हुन समेत मागदाबी लिइएको छ ।

  1.  

तत्कालीन प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर कुसारी,  लेखापाल सुजन श्रेष्ठ आन्तरिक लेखापरीक्षक त्रिलोक थापा मगर र सामाजिक विकास अधिकृत मोहन प्रसाद पौडेल

जिल्ला मकवानपुर, कैलाश गाउँपालिका

रु.२,६०,९००।–

भष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसुरमा सोही दफाको प्रावधानबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा १(घ) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त बिगो असुल हुन समेत मागदाबी लिइएको छ ।

 


Author

थप समाचार
x