सुशासन

पक्राउ पुर्जी जारी गर्न जिल्ला अदालत काठमाडौँ दसैँमा पनि खुल्‍ने

इकागज |
असोज २०, २०७८ बुधबार १७:२३ बजे

काठमाडौँ-  जिल्ला अदालत काठमाडौँ बिदा बाहेकका दिन पनि खुल्ने भएको छ । घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक जरुरी पक्राउ पुर्जी जारी तथा समर्थन गर्न बिहान ११ बजेदेखि ३ बजेसम्म खुल्ने भएको हो ।

जिल्ला अदालत काठमाडौँका अनुसार असोज २१ गतेदेखि कात्तिक ३ गतेसम्म अदालत बन्द हुनेछ । उल्लिखित विदाबाहेक अन्य दिनमा पनि सेवा जरूरी कामका लागि सेवा दिने भएको हो ।



Author

थप समाचार
x