सुशासन

२३ मन्त्रालयका ४५७ कर्मचारी छड्केमा

इकागज |
असोज २१, २०७८ बिहीबार १२:१९ बजे

काठमाडौं - राष्ट्रिय सतर्कता केन्द्रले गरेको छड्केमा विभिन्न २३ मन्त्रालयका ४५७ जना कर्मचारीले ‘समय पालना नगरेको’ पाइएको छ । केन्द्रले गत मंगलबार आफूसहित विभिन्न २३ मन्त्रालयमा समय पालना गरे/नगरेको, तोकिएको पोशाक लगाए/नलगाएका विषयमा अनुमगन गरेको जनाएको हो ।

केन्द्रको विज्ञप्तिअनुसार समय पालना नगर्नेमा राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) का १२ जना फेला परेका थिए । केन्द्रको अनुगमनका क्रममा उपसचिव स्तरका ५१ जना, शाखा अधिकृत स्तरका १४० जना, सुब्बा १४६ जना र श्रेणीविहीन १०८ गरी जम्मा ४५६ जनाले समय पालना नगरेको पाइएको हो ।


यसैगरी केन्द्रले कर्मचारीले तोकिएको पोशाक लगाए÷नलगाएको पनि छड्के गरेको जनाएको छ । केन्द्रका अनुसार सहसचिवस्तरका दुईजना, उपसचिव चारजना, शाखा अधिकृत १८ जना, सुब्बा ३४ जना र श्रेणीविहीन २० गरी जम्मा ७८ कर्मचारीले तोकिएको पोशाक लगाएका थिएनन् ।


Author

थप समाचार
x