फुटबलर हरि खड्का दोषी ठहरिए
काठमाडौं - फुटबलर हरि खड्का दोषी ठहर भएका छन् । नक्कली प्रमाणपत्र मुद्धामा उनी दोषी ठहरिएका हुन्।
विशेष अदालतले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो । बिहीबार अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले खड्का दोषी भएको ठहर गरे।
यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको थियो । उनी नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तानसमेत हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया