सरकार

यस्ता छन् पछिल्लो मन्त्रिपरिषद् बैठकको निर्णय

इकागज |
जेठ ९, २०७९ सोमबार १७:३६ बजे

फाइल तस्‍बिर

काठमाडौं– नेपाल सरकारको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । विश्व बैंकबाट २७५ मिलियन अमेरिकी डलर ऋण सहायता लिनेबारे वार्ता टोली गठन गर्नेदेखि प्रहरीमा बढुवासम्मको निर्णय गरिएको हो ।

यस्ता छन् निर्णयहरु ः


-२०७९ जेठ ९ गतेदेखि १३ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने युएन स्क्यापको ७८ औं सत्रमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा.दिलबहादुर गुरुङको प्रतिनिधि मण्डललाई स्वीकृत प्रदान गर्ने ।
-वैदेशिक रोजगारीबाट फर्किएकाहरुको पुनः एकीकरण आयोजनाका लागि स्वीजरल्याण्ड सरकारबाट प्राप्त हुने  ६.८ मिलियन करिब ८६ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने ।
-विश्व बैंकबाट यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर करिव ३३ अर्ब ऋण साहयता सम्बन्धमा वार्ता टोली गठन गर्ने ।
-नेपाल राष्ट्र बैंकको नोट धुल्याउने नियमावली २०७९ बनाउन स्वीकृत प्रदान गर्ने 
-सशस्त्र प्रहरी नायव महानिरीक्षक नारायनदत्त पौडेललाई सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक पदमा बढुवा नियुक्ति गर्ने ।
-प्रहरी नायव महानिरिक्षक वसन्तकुमार लामालाई नेपाल प्रहरीको, जनपथ प्रहरीको, समूहको प्रहरी अतिरिक्त प्रहरी महानिरिक्षक पदमा बढुवा गर्ने ।
-स्टक होम प्लस ५० इन्टर नेशनल मिटिङ स्टक होम कन्भेन्सनमा माननीय परराष्ट्र मन्त्रीको नेतृत्वमा नेपालले प्रतिनिधित्व गर्ने ।
-मिति २०७९ जेठ १८ मा नर्वे र जेठ १९ मा फिनल्याण्डसँग हुने त्रिपक्षीय परामर्श संयन्त्रका बैठकहरुमा भाग लिन जानका लागि परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने ।
-कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका अन्तर्गतको जग्गा नापजाँच सम्बन्धि गठन आदेश २०७८ स्वीकृत  दिने ।
-वन नियमावली २०७९ स्वीकृत गर्ने ।
-सुर्खेत भेरीगंगा रामघाट विमानस्थल निर्माणका लागि सौद्धान्तिक स्वीकृति प्रदान गर्ने ।
-नेपाल स्वास्थ्य सेवा जनरल हेल्थ सेवा सर्भिस अधिकृत ११औं तह प्रमुख मेडिकल पदमा बढुवा नियुक्ति गर्ने  ।


Author

थप समाचार
x