सरकार

आगामी आर्थिक वर्षको बजेट आज

सांसदहरू ३:४५ मै सदनमा उपस्थित हुनुपर्ने

इकागज |
जेठ १५, २०७९ आइतबार ६:३५ बजे

काठमाडौं - सरकारले आज आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको छ । सरकारले आज आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्न लागेको हो । 

आज दिउँसो ४ बजेट बजेट भाषण सुरु हुने छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् । 


आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते प्रस्तुत हुन लागेको हो । संसद सचिवालयले ३:४५ बजे नै सांसदहरूलाई संसद् भवन छिरिसक्न आग्रह गरेको छ ।

यसअघि शनिबारको प्रतिनिधि सभा बैठकबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
 


Author

थप समाचार
x