सरकार

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

इकागज |
असार १३, २०७९ सोमवार ११:५५ बजे

काठमाडौँ- नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । एकीकृत समाजवादीबाट मन्त्रीमा नियुक्त भएका चार जनालाई शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी हुन् ।

एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् । त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।



Author

थप समाचार
x