सरकार

राष्ट्रपति र प्रधानमन्त्रीबीच दुई घण्टा छलफल, के भयो कुराकानी ?

इकागज |
असार १४, २०७९ मंगलबार २१:२२ बजे

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीसँगको भेटवार्ताका लागि प्रधानमन्त्री देउवा मंगलबार साँझ शीतल निवास पुगेका थिए । 

राष्ट्रपति र प्रधानमन्त्रीबीच दुई घण्टा छलफल भएको थियो । प्रधानमन्त्रीले सरकारका कामकारबाहीका बारेमा जानकारी गराएका थिए । त्यसक्रममा राष्ट्रपति भण्डारीले मल अभावबारे चासो व्यक्त गरेकी थिइन् । उनले मलको समस्या समाधानका लागि दीर्घकालीन समाधान खोज्‍न सरकारसँग आग्रह गरेकी थिइन् । 


राष्ट्रपति कार्यालयका सञ्‍चारविज्ञ टीका ढकालले राष्ट्रपति र प्रधानमन्त्रीको नियमित भेटवार्ता भएको बताए । 
 


Author

थप समाचार
x