सरकार

संघीय निर्वाचन

असोज २३ मा उम्मेदवारी दर्ता, मंसिर १ गते रातिदेखि प्रचारप्रसारमा रोक लगाइने

इकागज |
साउन २४, २०७९ मगलवार ९:५१ बजे

काठमाडौं - आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको  छ  । निर्वाचन  आयोगले  तय  गरेको  कार्यतालिका अनुसार असोज २३ गते प्रत्यक्ष तर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता हुने छ । आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदैछ । 

एक आयुक्तका अनुसार प्रत्यक्षतर्फका उमेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन हुने आयोगले जनाएको छ । असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुने उनले बताए । 


असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्ति हुने कार्यतालिका छ । असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । 

मंसिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइनेछ । मंसिर ४ गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ ।


Author

थप समाचार
x