संघीय निर्वाचन
प्रचार-प्रसारको समय घटाउने आयोगको तयारी
फाइल तस्बिर
काठमाडौँ- निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा प्रचार गर्ने समय घटाउने तयारी गरेको छ । निर्वाचनको प्रचार अवधि करिब डेढ महिना दिएको भन्दै आलोचना भएपछि समय घटाउने तयारि आयोगले गरेको हो ।
प्रचार अवधि बढी भएमा मतदाता प्रभावित हुन सक्ने भन्दै आयोगको समय-समयमा विरोध हुँदै आइरहेको छ ।
आयोगका प्रवक्ता शालिकराम पौडेलले प्रचारप्रसारको समय घटाउने विषयमा छलफल भइरहेको बताए । उनले भने,' उम्मेदवारीको मनोनयन भइसकेपछि आयोगले प्रचार गर्ने समय घटाउनलाई सोचिरहेको छ । ३० देखि ४० दिनसम्म यसको समय राख्न हुँदैन भन्ने हो ।'
विभिन्न समयमा निर्वाचनका लागि प्रचारप्रसारको समय धेरै दिँदा उम्मेदवारहरूको खर्च बढ्ने, प्रचारप्रसार अवधिभर राज्यका अंगहरू शिथिल हुने देखिएको छ । प्रचारप्रसार गर्ने समय घटाएर निर्वाचनलाई व्यवस्थित बनाउने तयारीमा लागेको पौडेलको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया