सरकार

प्रधानमन्त्री प्रचण्ड भोलि मात्रै बालुवाटर सर्ने

इकागज |
पुस १३, २०७९ बुधवार १३:४९ बजे

फाइल तस्बिर

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि (बिहीबार) मात्र सरकारी निवास बालुवाटार सर्ने भएका छन् । प्रधानमन्त्री बिहीबार बालुवाटार सर्ने तयारी भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डले साइत हेरेर मात्र बालुवाटार सर्ने कुरामा कुनै सत्यता नरहेको समेत सचिवालयमा रहेका सूर्य किरणले बताए ।

सोमबार प्रधानमन्त्रीको शपथ ग्रहण गरेका प्रचण्ड हाल निजी निवास खुमलटारमै बसिरहेका छन् । उनले यसअघि बालुवाटारमा आफ्नो लागि भन्दै कुनै भड्किला सामान नकिन्न समेत निर्देशन दिएका थिए ।


नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आजै बालुवाटार छाडेका छन् । उनी बालुवाटारबाट निजी निवास बूढानिलकण्ठ नगई धुम्बाराहीस्थित भाडाको घरमा सरेका हुन् ।  न्युज कारखाना


Author

थप समाचार
x