सरकार

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

इकागज |
माघ ९, २०७९ सोमबार ९:१९ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवनिर्वाचित सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा उनीहरूबीच समसामयिक विषयमा छलफल भएको थियो ।
 
सभामुखमा निर्वाचित भएपछि उनले पहिलोपटक प्रधानमन्त्रीलाई भेटेका हुन् । नेकपा (एमाले)का सांसद घिमिरे यही माघ ५ गते सत्ता साझेदार दलको समर्थनमा सभामुख पदमा निर्वाचित भएका थिए । उनलाई नेकपा (माओवादी केन्द्र) राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीलगायत राजनीतिक दलले समर्थन गरेका थिए ।



Author

थप समाचार
x