सरकार

माफ गर्नुहोला प्रेमजी, हामी नयाँहरूको आगमनले पनि तपाईंको आत्मदाहको निर्णय फेर्न सकेन  : मन्त्री लामिछाने

इकागज |
माघ ११, २०७९ बुधबार १०:११ बजे

फाइल तस्बिर

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नयाँ राजनीतिक दल र नेताको रुपमा आशा जगाउन नसकेको बताएका छन् । मंगलबार बानेश्वरमा आत्मदाह गरेका प्रेम आचार्यलाई बचाउन नसकेको भन्दै मन्त्री लामिछानेले यस्तो बताएका हुन् ।

'दु:ख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरूको आगमनले समेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन' मन्त्री लामिछानेले भने 'यसमा हामी दोषी छौं, म दोषी छु । प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईंमा आशा जगाउन सकिनौं,  हामीलाई  माफ गर्नु होला ।'


'एउटा नागरिकले  अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र । यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौँ' लामिछानेले भनेका छन् 'मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र  पीडाको परिणाम  हो ।'

र, यो पनि


Author

थप समाचार
x