सरकार

आचार्यलाई श्रद्धाञ्जली दिँदै बालेनले भने : राज्य असफलताको भयानक संकेत

इकागज |
माघ ११, २०७९ बुधवार १०:२२ बजे

फाइल तस्बिर

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन'ले पेट्रोल खन्याएर आत्मदाह गरेका  प्रेम आचार्यको निधन कारण राज्य भएको बताएका छन् । मृतक आचार्यलाई श्रद्धान्जली दिँदै मेयर साहले आत्मदाहका धेरै कारण र धेरै संकेतहरू भए पनि सबैभन्दा ठूलो कारण राज्य भएको बताएका छन् । घटनाको सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको भएको उनको भनाइ छ । 

'उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ,' उनले लेखेका छनज्, 'राज्यका हरेक तप्का, निकाय र अंगहरू असफल भएका छन् । नागरिककारूपमा, जनप्रतिनिधीकारूपमा, सत्ताका अगुवाकारूपमा, सञ्चारमाध्यमकारूपमा हामी सबै असफल भइरहेका छौँ । नागरिकले गर्नु पर्ने सामान्य दायित्व पुरा गर्नु पर्ने चेत हाम्रो छैन ।'


एकैपल्ट धेरै कुराहरू गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले विद्रोह गरेको उनले बताउका छन् । उनको विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना भएको उनले बताएका छन् ।


Author

थप समाचार
x