सरकार

श्रम मन्त्री अर्यालको चेतावनी- वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे तत्काल कारबाही गर्छु

इकागज |
माघ २२, २०७९ आइतबार १३:२९ बजे

फाइल तस्बिर

काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कानुनी व्यवस्थाको बर्खिलाप गरी ठगी गरे तत्काल कारबाही गर्ने बताएका छन् । आइतबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले कुनै पनि म्यानपावर र व्यक्तिगत रूपबाट वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे सरकारले कठोरतापूर्वक तत्काल कारबाही गर्ने बताएका हुन् । 

सरकारले सुध्रन चाहने म्यानपावर व्यवसायीहरूलाई सुध्रनको लागि समय दिएको पनि उनले बताए । सुध्रन दिएको समयभित्र सुधार नभए सरकारले कानुनी कारबाही गर्ने उनको भनाइ छ । 


उनले मन्त्रालय ठगी गर्ने म्यानपावरहरूलाई कारबाही गर्न कसैको दबाबबाट पछाडि नहट्ने बताए । मन्त्री अर्यालले पछिल्लो समय म्यानपावर संस्थाको नामबाट भन्दा व्यक्तिगतरूपमा पैसा लिएर ठगी गरेका गुनासो बढेकाले मन्त्रालयले त्यही अनुसार अनुसन्धान गरिरहेको बताए । मुलुकमा पछिल्लो वैदेशिक रोजगारका समय बढ्दै गएको उनको भना छ । उनले वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानको लागि मन्त्री भएर मन्त्रालयमा प्रवेश गरेदेखि लागिपरेको जिकिर गरे ।

मन्त्री अर्यालले श्रम मन्त्रालयमा कुनै पार्टीको मन्त्री नभएर ३ करोड नेपाली जनताको मन्त्रीको रूपमा मन्त्रालयमा काम गर्न आएको बताए । 
 


Author

थप समाचार
x