सरकार

संक्रमणकालीन न्याय र नागरिकता विधेयक अगाडि बढाउँदै सरकार

इकागज |
माघ २३, २०७९ सोमबार १२:५९ बजे

काठमाडौँ- सरकारले प्राथमिकतामा रहेका जनसरोकारसँग सम्बन्धित विधेयकहरूलाई संसद्‌मा प्रस्तुत गर्न गृहकार्य सुरु गरेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा प्रस्तुत गर्ने विधेयकहरूका बारेमा छलफल गर्न सोमबार बोलाएका बैठकमा विभिन्न विधेयकहरूलाई प्राथमिकताका आधारमा सदनमा प्रस्तुत गर्ने सहमति जुटेको हो । 


व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतकहरूसँग भएको छलफलमा विकास, सुशासन, संक्रमणकालीन न्याय, शिक्षा, स्वास्थ्य, नागरिकतालगायतका विषयमा तयार भएका विधेयकहरू सदनमा लगिनेछ । 

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्दै ६ महिनाभित्र नागरिकता कानुन बनाउने बाचा गरेका थिए ।

जनसरोकारसँग प्रत्यक्ष जोडिएका, सुशासन र विकासका लागि आवश्यक कानुन निर्माणका लागि सरकारले सदनमा छलफलका लागि विधेयक प्रस्तुत गर्ने विषयमा आज छलफल भएको थियो ।


Author

थप समाचार
x