सरकार

डेढ महिना नपुग्दै प्रचण्ड सरकारमा पाँच मन्त्रालय खाली

इकागज |
माघ २४, २०७९ मगलवार ९:२८ बजे

काठमाडौँ- सरकार गठन भएको दुुई महिना नपुग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिमण्डलमा पाँच मन्त्रालय रिक्त हुन पुगेको छ ।

सरकार गठन भएको ४३ दिनसम्म पनि दुई मन्त्रालयको जिम्मेवारी बाँडफाँट गर्न नसकेकि रहेको बेला रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)समेत सरकारबाट बाहिरिने निर्णय लिएसँगै ५ वटा मन्त्रालय रिक्त हुन पुगेका हुन् ।


जसअनुसार हालसम्म विस्तार गर्न नै नसकेका वन तथा वातावरण तथा युवा तथा खेलकुद्सहित गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रहेका छन् । सत्तारुढ गठवन्धन दलहरूको बीचमा सहमति हुन नसक्दा सरकार गठन गरेको ४३ दिनसम्म पनि वन र खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको थिएन ।

यसैबेला प्रधानमन्त्री प्रचण्ड र रास्वपा बीचमा गृह मन्त्रालयमा कुरा नमिलेपछि सो पार्टी प्रचण्ड नेतृत्वको सरकारबाट गत आइतबार बाहिरिएको थियो । सर्वोच्च अदालतले सो पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा लामिछानेले नेपालको नयाँ नागरिकता नलिई उपप्रधान तथा गृह मन्त्री र सांसद पदको जिम्मेवारीमा बसेको र सो कारण नेपालका कानुन अनुसार बस्न अयोग्य भन्दै फैसाला गरिदिएपछि लामिछाने जिम्मेवारीबाट मुक्त हुनु परेको थियो ।

लामिछानेले आफुले सम्हाल्दै आएको मन्त्रालय आफुले पाउनुपर्ने र नपाए पुर्व सहमति अनुसार पार्टीलाई दिनुपर्ने लामिछानेको मागलाई अस्वीकार गरेपछि आइतबार सो पार्टीले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय लिएको थियो ।

सो पार्टी सरकारबाट बाहिरिने निर्णयसँगै प्रधानमन्त्री प्रचण्डले यसअघि सम्हाल्दै आएको वन र खेलकुदसँगै तीन मन्त्रालयको थप जिम्मेवारी लिनु परेको हो । जसकारण २५ सदस्सीय मन्त्रिमण्डलमा हाल २ जना राज्य मन्त्रीसहित १९ जनाले मात्रै प्रतिनिधित्व गर्दै आएका छन् भने पाँच मन्त्रालय नेतृत्वविहीन अवस्थामा छन् ।  


Author

थप समाचार
x