सरकार

प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण कतार, १९ गते जाने २२ गते फर्कने

इकागज |
फागुन १०, २०७९ बुधबार ८:३५ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतारको राजधानी दोहा जाने भएका छन् । फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते दोहा जान लागेका हुन् ।

फागुन २१ देखि २५ गतेसम्म आयोजना हुने अल्पविकसित राष्ट्रहरूको सम्मेलनमा सरकार एवम् राष्ट्र प्रमुखहरू सहभागी हुनेछन् ।


प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिको निर्वाचनका कारण फागुन २२ गते नै नेपाल फर्कने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएपछि उनको यो पहिलो विदेश भ्रमण हो ।


Author

थप समाचार
x