सरकार

प्रधानमन्त्री प्रचण्डलाई भेट्‌न चिनियाँ राजदूत सङ अघिअघि एमाले अध्यक्ष ओली पछिपछि

इकागज |
फागुन १०, २०७९ बुधवार १२:८ बजे

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली । फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा समसाययिक राजनीतिक परिस्थिति, राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको जनाइएको छ ।

राष्ट्रपति निर्वाचनका लागि मनोनयको दिन नजिकिँदै गर्दा राजनीतिक भेटवार्ता तीव्र भएको छ । नेकपा (माओवादी केन्द्र ) ले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने दाबी गर्दै आएको छ । यही फागुन १३ गते राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन गर्ने कार्यतालिका छ । फागुन २५ गते राष्ट्रपतिको निर्वाचन तय भएको छ ।


त्यस्तै ओलीले प्रचण्डलाई भेट्‌नुअघि चिनियाँ राजदूत छन् सङले प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् । केही दिनअघि मात्रै चिनियाँ राजदूत सङले एमाले अध्यक्ष ओलीलाई पनि भेटेका थिए । 

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै चिनियाँ राजदूत सङले राजनीतिक भेटवार्ता बढाएपछि चासोका साथ हेरिएको छ । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ ।
 


Author

थप समाचार
x