सरकार

प्रधानमन्त्री प्रचण्ड गोरखा जाँदै

इकागज |
फागुन १४, २०७९ आइतबार ८:५२ बजे

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदै छन् । गोरखामा हुने २ वटा कार्यक्रममा सहभागी हुन प्रचण्ड आज त्यसतर्फ जान लागेका हुन् । 

सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड बारपाक सुलिकोट गाउँपालिकामा आयोजित दिलबहादुर रम्तेलको स्मृति सभा, ’सहिद’ परिवारलाई सम्मानलगायत कार्यक्रमा सहभागी हुनेछन् भने दिउँसो पालुङटार नगरपालिमा मतदाता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन्छन् । 


माओवादी अध्यक्ष समेत रहेका प्रचण्ड गत मंसिर ४ मा प्रचण्ड गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।


 


Author

थप समाचार
x