सरकार

सहकारी क्षेत्रका समस्या समाधान गर्न सरकार तयार छ : मन्त्री राई

इकागज |
फागुन १४, २०७९ आइतवार १३:५० बजे

फाइल तस्बिर

काठमाडौँ - भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । आइतबार आर्थिक मिडिया सञ्चालक संघले काठमाडौंमा आयोजना गरेको सहकारीमा संकट कारण र समाधान विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री राईले सहकारी क्षेत्रमा पछिल्लो समय देखिएमा समस्याको पहिचान गरी समाधानको लागि सरकार सकारात्मक रहेको बताएका हुन् । 

उनले सहकारी संकटमा आए भनेर बजारमा हल्ला भन्दा पनि बद्मास गर्ने सहकारीहरूको पहिचान गरी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । मन्त्रालयमा सहकारी क्षेत्रका वर्तमान समस्या र समाधानको आए मन्त्रालय तत्काल समाधान गर्न सहजीकरण गर्न तयार रहेको उनले प्रतिवद्धता जनाए । 


मन्त्री राईले सहकारीहरूले विधि विधानभन्दा बाहिर गएर धेरै पैसा कमाउन खोज्दा समस्या सिर्जना भएको बताए । उनले ३० हजार सहकारीमा १५ वटा भन्दा बढीले बदमास नगरेको दाबी गरे । उनले सहकारीको विषयमा बढी नै हल्ला भएकाले सहकारी प्रतिको विश्वास गुम्दै गएको उल्लेख गरे । 

ग्रामिण क्षेत्रका जनताको दैनिक समस्या समाधान सहकारीले नै गरेको भन्दै सहकारीलाई बचाउन आवश्यक रहेको उनले बताए । उनले सहकारी अभियानत तथा अन्य सम्बन्धित निकायहरूले सहकारीमा देखिएका समस्या र समाधान गर्न आवश्यक रहेको बताए ।‘सबैले धेरै पैसा कमाएर धनी हुनुपर्छ तर मुलुकको कानूनी सीमामा रहेर हुनुपर्छ । कानूनभन्दा  बाहिर गएर पैसा कमाउन खोज्दा समस्या सिर्जना भएको हो,' उनले भने, 'मुलुक हल्लैहल्लाको देश हो । केही ठूला सहकारीहरू विधिभन्दा बाहिर गयो होला । ग्रामिण क्षेत्रका सहकारीहरूले राम्रो काम गरेका छन् । ३० हजार सहकारीमा १५ वटाले नराम्रो गरेको भए पनि अन्यले गरेका छैनन् । तर सहकारी सकियो भने हल्ला बढी भयो । हल्ला होइन काम गर्ने हो । म समस्याको समाधान गर्न तयार छु । सहकारीको समस्या समाधानको लागि सबै जना लाग्नुपर्छ । सरकार सहकारी क्षेत्रमा भएका समस्या समाधान गर्न तयार छ ।’


Author

थप समाचार
x