सरकार

राष्ट्रिय विपत्ति र अति आवश्यक कामबाहेक हेलिकोप्टर नचढ्ने

मन्त्री गाउँ आउँदैमा खोला-खोल्सीहरूमा दूध बग्दैन, सुन फल्दैन, विलासिता अन्त्य गरौ : मन्त्री किराती

इकागज |
फागुन १५, २०७९ सोमबार ८:० बजे

फाइल तस्बिर

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफ्नो कार्यकालमा राष्ट्रिय विपत्ति र अति आवश्यक कामबाहेक हेलिकोप्टर नचढ्ने बताएका छन् । सोमबार सामाजिक सन्जालमार्फत् मन्त्री किरातीले देशका विभिन्न स्थानमा जनताले आफैं हेलिकोप्टर चार्टर गरेर निम्तो दिए पनि आजसम्म हेलिकोप्टर चढेर जाने धेरै कार्यक्रममा नगएको प्रस्ट्याएका छन् छन् ।

उनले ऋणमा हेलिकोप्टर चाटर नगर्न पनि अनुरोध गरेका छन् । 'कोही मन्त्री तपाईंको गाउँमा आउँदैमा खोला खोल्सीहरूमा दूध बग्दैन, माटोमा सुन फल्दैन,' उनले भनेका छन्, 'घाँटी हेरेर हाड निलौ । सामाजिक देखासिखि र विलासिता अन्त्य गरौ ।'


 


Author

थप समाचार
x