सरकार

प्रचण्डविरुद्धको रिटको सुनवाइ आज

इकागज |
फागुन २६, २०७९ शुक्रबार ८:३५ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । 

हिजो बिहीबार हेर्न नभ्याउने भन्दै स्थगित भएको सो रिटको पेसी आज तोकिएको छ ।


बिहीबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिट परेको थियो । तर, न्यायाधीश अनिलकुमार सिन्हासँगको संयुक्त इजलासमा अरू मुद्दा सुनुवाइ गरेका न्यायाधीश श्रेष्ठले प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा राखेपछि आजका लागि सारिएको हो ।


Author

थप समाचार
x