सरकार

'ठूलो मान्छेले काम गर्नै हुँदैन भन्ने मानसिकता भत्काउन जरुरी'

मन्त्री किरातीको प्रश्‍न : पशुपति सफा गर्न सकेनौँ भने देश कहिले सफा गर्छौं ?

इकागज |
फागुन २७, २०७९ शनिबार १५:१४ बजे

फाइल तस्बिर

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले ठूलो मान्छेले काम गर्नै हुँदैन भन्ने मानसिकता भत्काउन जरुरी रहेको बताएका छन् । शनिबारबाटसुरु भएको तीन महिने पशुपति सरसफाई अभियानको उद्घाटन गर्दै मन्त्री किराँतीले नेपालमा ठूलो मानिसले सानो काम गर्नै हुँदैन भन्ने संस्कृतिको विकास भइरहेको भन्दै यसलाई भत्काएर अघि बढ्नुपर्ने बताएका हुन् । 

उनले पशुपति क्षेत्र सफाईका लागि पशुपति क्षेत्र विकास कोषले योजना बनाएर बुझाउन निर्देशन दिए । सफा रहनु सभ्यता प्रदर्शन गर्नु भएको उल्लेख गर्दै आस्थाको केन्द्र पशुपतिनाथलाई सबै मिलेर सफा राख्नुपर्ने उनको भनाइ छ । मन्त्री किराँतीले पशुपतिनाथ नै फोहोर राख्ने हो भने देश कहिले सफा गर्छौं भन्दै प्रश्न गरे । 


उनले सांस्कृतिक मूल्य र मान्यता हराउँदै गएको भन्दै समाजसँग जोडिएको विकृतिलाई सफा बनाउनुपर्ने बताए । आफू मन्त्री रहेको मन्त्रालय अन्तर्गतक सबै निकायहरूलाई सबै क्षेत्रमा सफा राख्न निर्देशिका बनाएर पठाएकाले काम नभए कारबाही उनले चेतावनी दिए । ‘हाम्रोमा ठूलो मान्छेले सानो काम गर्नु हुँदैन भन्ने गलत संस्कार छ । यसलाई भत्काउनुपर्छ,' उनले भने, 'सफा रहनु भनेको सभ्यता प्रदर्शन गर्नु हो, संस्कृति निर्माण गर्नु भनेको जीवन प्रदान गर्नु हो । आस्थाको केन्द्र पशुपतिनाथ नै फोहोर राख्छौँ भने यो देश कहिले सफा गर्छौं, त्यसैले प्रतिकात्मक रुपमा पशुपतिलाई हामीले सफा गरे यो देश सफा गर्नसक्छौँ । ’

मन्त्री किराँतीले आफैँ कुचो लगाएर र आसपासका क्षेत्रहरुको फोहोर टिपेर पशुपति सरसफाईमा सरिक भएका थिए । अबको तीन महिनासम्म हरेक शनिबार ८ बजेदेखि १० बजेसम्म पशुपति सरसफाई अभियान सञ्चालन हुनेछ ।  
 


Author

थप समाचार
x