सरकार

निजी निवासमा सर्ने तयारी

राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकिँदै

इकागज |
फागुन २८, २०७९ आइतबार १०:३४ बजे

काठमाडौं - वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिँदै छ । राष्ट्रपति भण्डारीको दोस्रो कार्यकाल आज रातिबाट सकिन लागेको हो । उनले २०७४ साल फागुन ३० गतेदेखि राष्ट्रपति पदको कार्यभार सम्हालेकी छन् । दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भएकी थिइन् । 

भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन् ।


भण्डारी शितलनिवासबाट बूढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा सर्ने तयारीमा रहेको सचिवालय स्रोतले जनाएको छ।

भण्डारीको कार्यकाल आजबाट सकिने भएकाले आउँदो कार्यकालका लागि राष्ट्रपतिको निर्वाचन सम्पन्न भइसकेको छ । यही फागुन २५ गते भएको निर्वाचनमा कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । 

एमाले नेता सुवास नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनको शपथ ग्रहण भोलि हुँदैछ । पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ खुवाउने छन् । 


Author

थप समाचार
x