सरकार

चैत्र १० गते सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री

इकागज |
चैत ३, २०७९ शुक्रवार १६:२४ बजे

फाइल फोटो

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका छन् । शुक्रबार लगानी बोर्डको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन÷चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताए । 

प्रधानमन्त्री दाहालले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सत्ता बिस्तारको बारेमा पनि छलफल गर्ने बताए । उनले भने, ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु ।’


प्रधानमन्त्री दाहालले सरकार बिस्तार हुन कुनैपनि अफ्ठ्यारो नरहेको बताए । 


Author

थप समाचार
x