सरकार

अब चार दिनभित्रै सरकारलाई पूर्णता दिन्छु : प्रधानमन्त्री दाहाल

इकागज |
चैत ६, २०७९ सोमबार १८:२५ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीमाझ २/४ दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका हुन् । प्रधानमन्त्री दाहालले सरकारलाई पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरूसँग भोलि (मंगलबार) बिहानबाटै छलफल सुरु गर्ने पनि स्पष्ट पारे ।


उनले आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आराम ढंगले सरकारले काम गर्ने दाबी समेत गरे ।

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण चैत्रको अन्तिम हप्ता वा वैशाख पहिलो हप्ता भित्र हुन सक्ने बताए ।


Author

थप समाचार
x