सरकार

मन्त्रिपरिषद् बैठक बस्दै : सरकारले कसलाई बनाउला आइजिपी ?

इकागज |
चैत १०, २०७९ शुक्रबार ९:१६ बजे

काठमाडौँ - आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक आज अहपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । 

आजको बैठकमा प्रहरी महानिरीक्षक (आईजिपी) नियुक्ति हुने बताइएको छ । आजबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकाशमा जाँदै छन् ।


 उनको अवकाससँगै ५ जना एआईजीहरूको आईजीपी बन्न प्रतिस्पर्धामा छ । वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार छन् । 

आईजिपीको दौडमा कुँवर र ज्ञवालीबीच प्रतिस्पर्धा छ । 

प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भई बुधबार दर्ज्यानी चिन्ह प्राप्त गरेको तीन दिनमै पाँचमध्ये एक जना प्रहरीको सर्वाेच्च पद (प्रहरी महानिरीक्षक) बन्नेछन् । 

नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको निर्णयले प्रहरी नायब महानिरीक्षकबाट वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजीमा पदोन्नति भएका थिए । 

हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह यही चैत १० गते राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । त्यसपछि रिक्त हुने आइजिपी पदमा हाल पदोन्नति भएका एआइजीबाटै बढुवा गर्नुपर्ने भएकाले अबको दुई दिनपछि नै पाँच एआइजीमध्ये एक जनाले महानिरीक्षकको फुली लगाउन पाउने महत्वपूर्ण अवसर प्राप्त गर्दै छन्। 

काम गर्नसक्ने सक्षम, सङ्गठनलाई कमाण्ड गर्नसक्ने, नेतृत्व दिनसक्ने लगायतलाई आधार मानेर नेपाल सरकारले आइजीपी बनाउनसक्ने विद्यमान अवस्था रहेको पूर्वप्रहरी अधिकारी बताउँछन् ।


Author

थप समाचार
x