सरकार

मिटरब्याज पीडितसँग छलफल गर्दै सरकार

इकागज |
चैत १६, २०७९ बिहिवार ७:३ बजे

फाइल तस्बिर

काठमाडौं - नेपाल सरकारका प्रतिनिधि र मिटरब्याज पीडितबीच आज वार्ता हुँदैछ । पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटरब्याज पीडितबीच छलफल गर्ने भएको हो ।

गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा गठित सरकारी समिति र पीडितबी बिहान १० बजे गृह मन्त्रालयमा छलफल हुनेछ । छलफलमा सरकारी समितिका पाँच जना सदस्य रहने छन् भने पीडित पक्षको तर्फबाट पनि पाँच जना नै रहने गरी १० जनाको सहभागिता रहने संयोजक शर्माले जानकारी दिइन् ।


सो समितिमा शर्माकाे नेतृत्वमा मन्त्रालयका अर्का उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र नेपाल प्रहरीका एसपी दिनेशराज मैनालीसदस्य रहेका छन् भने मिटर ब्याजपीडित संघर्ष समितिका संयोजक मनोज पासवानको नेतृत्वमा संघर्ष दाहाल, श्याम कुमारी चौधरी, छेदिलाल पासवान र रामरिजन यादव रहनेछन् ।


Author

थप समाचार
x