सरकार

मन्त्रिपरिषद् बैठककाे निर्णय

अबदेखि विदेशबाट आउनेले दुई वटा मोबाइल ल्याउन पाउने

इकागज |
बैशाख २६, २०८० मंगलबार १८:६ बजे

फाइल तस्बिर

काठमाडौँ- अबदेखि वैदेशिक रोजगारमा गएका नेपालीले साथमा दुई वटा मोबाइल ल्याउन पाउन भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले झिटीगुण्टा नियमावली संशोधन गर्दै आफ्नो साथमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले जानकारी दिए । 


यसअघिको व्यवस्थाअनुसार विदेशबाट आएका नेपालीले आफूले चलाइरहेको मोबाइल मात्रै ल्याउन पाउने व्यवस्था थियो । अबदेखि भने साथमा दुई वटा मोबाइल ल्याउन पाउने भएका छन् ।

विदेशबाट फर्केका नेपालीले ल्याएको मोबाइल विमानस्थलमा जफत हुन थालेपछि सरकारको आलोचना भइरहेको थियो । जनस्तरमा व्यापक गुनासो बढेको थियो ।


Author

थप समाचार
x