सरकार

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्ने मन्त्रिपरिषद् बैठकको निर्णय

इकागज |
बैशाख २९, २०८० शुक्रबार १२:५४ बजे

काठमाडौँ- सरकारले नयाँ स्टक एक्सचेञ्जको लागि अघि बढाएको प्रक्रिया रोक्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्यसचिव शंकरदास वैरागी, अर्थसचिव अर्जुनप्रसाद पोखरेललाई बोलाएर लाइसेन्स प्रक्रिया तत्काल रोक्न लिखित रूपमा नै निर्देशन दिएका थिए ।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्डबाट नयाँ स्टक एक्सचेञ्जको लागि अघि बढाएको प्रक्रिया रोक्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


नयाँ स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्ज गरी तीन वटा कम्पनीको आवेदन परेको थियो ।

धितोपत्र बोर्डबाट नयाँ स्टक एक्सचेञ्ज निजी क्षेत्रलाई दिने गरी कानुन बनाउन तयारी गरिएको भन्दै सरकारको आलोचना भएको थियो । 


Author

थप समाचार
x