सरकार

मुकेश कायस्थलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

इकागज |
जेठ २, २०८० मंगलबार १८:५३ बजे

फाइल फोटो

काठमाडौँ - सरकारले जनआन्दोलनमा घाइते भइ केही दिन अघि निधन भएका मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ । 

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जनआन्दोलनमा घाइते भएर केही दिनअघि निधन भएका मुकेश कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । जनआन्दोलनमा घाइते भएका मुकेशको वैशाख २७ गते मृत्यु भएको थियो ।


बैठकले एपिजी बैठकमा भाग लिन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेतृत्वको टोलीलाई स्वीकृती दिएको छ । त्यस्तै मोतिपुर सवस्टेशन निर्माणका लागि बाणगंगा नगरपालिकामा १५ विगाहा जग्गा प्राप्ती गर्ने र प्रारम्भीक कारबाही चलाउन अधिकारी तोक्ने निर्णय भएको छ ।

त्यस्तै बैठकले बुटवल–गोरुसिंगे–चन्द्रौटा सडकको विस्तारित सडक सिमाभित्रका घर टहराहरु हटाई क्षतिपूर्ति दिने निर्णय गरेको छ भने  तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्मण गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शर्माले बताइन् । 

त्यस्तै प्रवक्ता शर्माले नागरिकता विधेयक प्रमाणीकरण गर्नु सरकारको भन्दापनि आम जनताको हतारोको विषय भएकाले यसलाई प्रधानमन्त्रीको भारत भ्रमणसंग जोडेर नहेर्न आग्रह गरिन् । उनले नागरिकता ऐन प्रमाणीकरणका लागि सरकारका तर्फबाट राष्ट्रपतिलाई कुनै दवाव नदिइएको स्पष्ट पारिन् । 


Author

थप समाचार
x