सरकार

सरकार गठजोड

माधवकुमार नेपालले धाेका दिए : माओवादी

इकागज |
बैशाख ३०, २०७८ बिहीबार १९:४१ बजे

काठमाडौँ : माओवादी स्थायी कमिटी बैठकले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अन्ततः धोका दिएकाले केपी शर्मा ओली पुन: प्रधानमन्त्री बन्‍न सफल भएको निष्कर्ष निकालेको छ । माओवादीको नेतृत्व आजै राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शितल निवास जाने र देउवालाई समर्थन गर्ने तयारी थियो । त्यो सबै तुहिएको बताउँदै माओवादीले भनेको छ, ‘माधव नेपालले ठूलो धोका दिए । उनैलाई प्रधानमन्त्री मान्‍नु थियो त यत्रो नाटक किन गरे ?’ 

एमालेका सांसदले राजीनमा गर्ने र त्यही सांसदलाई उपनिर्वाचनबाट जिताएर ल्याउने सहमति हुँदा पनि नेपाल समूहले धोका दिएको माओवादीको निष्कर्ष छ । माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'माधवजीले धाेका दिएको कारण वैकल्पिक सरकार बन्‍न नसक्ने भयाे ।' यो प्रकारकाे धाेका हुने सोचेका पनि थिएनाैं ।' 


‘अर्काको भर पर्दा धोका पाइयो भन्दै आजै राष्ट्रपतिकोमा जादैनौँ र परिस्थिती अध्ययन गर्दै अघि बढ्नेछौँ,’ माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई उद्धृत गर्दै एक नेताले भने, ‘हामीले हार खानु हुँदैन विकल्पहर" छन् । नआत्तिकन अघि बढ्ने हो । विश्‍वासको मत लिने काम बाँकी छ । बजेट अधिवेशन छ, आत्तिनु पर्ने छैन।’ 

ओलीले फेरि पनि संसद् भंग गर्न सक्ने हुनाले त्यसमा भने चनाखो हुनुपर्नेमा उनको जोड दिँदै भने, 'उनीमा त्यो भन्दा अर्को बाटो त छैन्  ।' यता जनता समाजावादी पार्टी (जसपा) को महन्थ ठाकुर समूहलाई पनि मनाउने प्रायास माओवादीले नगरेको होइन । ठाकुरले नमानेपछि उपेद्र यादव तर्फ रहेका केही सदस्य लिएर भए पनि गठबन्धनको सरकार बनाउने तयारी थियो । बीचमा विदेशी शक्तिले पनि खेलेको प्रष्टै छ भन्दै बैठकमा पटक-पटक माधवकुमार नेपालको भरपर्दा धोका पाइएको निष्कर्ष उनले निकालेका हुन् । 

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने उनीमा सहमति नभए महन्थलाई जोड गर्ने विषय पनि थियो । तर त्यसमा कांग्रेसले जोस नदेखाएको पनि माओवादीको निष्कर्ष छ । तर, सभापति देउवा पछिल्लो समय महन्थमा जान पनि तयार थिए । महन्थ आउन मानेनन् । जसले गर्दा ओली नै प्रधानमन्त्रीमा दोहोरिने भए । 

पहिले नै दाहालसँग धोका खाएका देउवाले यसपटक उनलाई यस्तो अवस्था आउने पहिले नै थाहा पाएर नै कतै नधाएको उनी निकट नेताले बताएका थिए । हुनत उनले पछिल्लो समय छलफल व्यापक पारेका थिए । जुन छलफलले त्यहाँ खासै काम गरेन र वैकल्पिक सरकारको गठजोड हुने देखिएन । 


Author

थप समाचार
x