सरकार

भारतको नक्सामा कपिलवस्तु र लुम्बिनी राखिएको विषय सरकारको नोटिसमा छ : ऊर्जामन्त्री बस्नेत

इकागज |
जेठ १६, २०८० मंगलबार १३:७ बजे

फाइल तस्बिर

काठमाडौँ- ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले भारतीय संसद्‌ भवनमा राखेको भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी राखेको नेपाल सरकारको नोटिसमा रहेको जानकारी दिएका छन् ।

मंगलबार बसेको संसद्‌को पूर्वाधार समितिको बैठकमा मन्त्री बस्नेतले भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी पनि राखिएको विषयबारे बुझ्न बाँकी रहेको जानकारी दिए । तर, सरकारले नोटिस भने गरिसकेको उनको भनाइ छ ।


बैठकमा समिति सदस्यले राखेको प्रश्नको जवाफमा मन्त्री बस्नेतले सो बताएका हुन् । समिति सदस्यहरूले भारतको नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु, विराटनगर राखिएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै यसबारे स्पष्ट पार्न अनुरोध गरेका छन् ।


Author

थप समाचार
x