सरकार

जनमतकी अनिता देवी साहले सामान्य प्रशासनमन्त्रीका रूपमा सोमबार शपथ लिने

इकागज |
साउन २८, २०८० आइतबार १९:२२ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएसँगै उक्त पदमा जनमत पार्टीकी अनिता देवी साह नियुक्त हुने भएकी छन् ।

उनले सोमबार पद तथा गोपनीयताको शपथ लिने बताइएको छ । सोमबार बिहान १० बजे साहले मन्त्रीका रूपमा शपथ ग्रहण गर्ने तयारी गरिएको बताइएको हो ।


जनमतले साहलाई असार २६ गते नै मन्त्रीका लागि सिफारिस गरिसकेको छ ।


Author

थप समाचार
x