सरकार

भन्सार विधेयक र विद्युत् विधेयक संघीय संसद्‍मा पेस गर्ने सरकारको निर्णय

इकागज |
भदौ १२, २०८० मंगलबार १९:३३ बजे

काठमाडौँ- सरकारले भन्सार विधेयक र विद्युत् विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता रेखा शर्माले बताइन् । उनका अनुसार सरकारले प्रतिनिधि सभा सदस्य मान्य राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनीत गर्ने, नेपाल र फिलिपिन्सबीच कूटनीतिक तथा सरकारी राहदानी बहाललाई प्रवेशाज्ञा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गरेको पनि बताइन् ।


 


Author

थप समाचार
x