सरकार

स्वास्थ्यकर्मीमाथिको कुटपिट

दु:ख परेका बेला भावनात्मक उत्तेजना : राष्ट्रपतिले भन्‍न खोजेको के हो?

इकागज |
जेठ १४, २०७८ शुक्रबार १५:३८ बजे

काठमाडौँ :  बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक र स्वाथ्यकर्मीमाथि आक्रमण भयो । अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले स्वस्थ्यकर्मी र चिकित्सकमाथि आक्रमण गरेका हुन् । आक्रमणको चौतर्फी आलोचना भइरहेको छ । विभन्न दल र दलका नेताहरूले आक्रमणको विभिन्न माध्यमबाट विरोध र आलोचना गरेका छन् । विरोधसँगै आक्रमणमा संलग्नलाई कारबाही गर्नुपर्ने माग उनीहरूको छ । 

यसै सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारी सामाजिक सञ्जाल ट्वीटरमार्फत दुःख व्यक्त गरेकी छन् । घटनालाई खेदजनक बताएकी राष्ट्रपति भण्डारीले दुःख परेका बेला भावनात्मक उत्तेजना हुन सक्नेतर्फ पनि संकेत गरेकी छन् । 'दु:ख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ,' उनले भनेकी छन्  । स्वास्थ्यकर्मीमाथि यत्रो जघन्य अपराध हुँदा राष्ट्र प्रमुखले दुःखको बेला भावनात्मक उत्तेजना हुनसक्छ भनेर अपराधलाई सामान्यीकरण गर्ने प्रयास भएको छ । उनले ट्वीटमा कारबाहीको प्रशंगसमेत कतै उल्लेख गरेकी छैनन् । 


राष्ट्रको अभिभावकबाट पीडककै पक्षमा ट्वीट आउनु उहाँकै शब्दमा ‘खेदजनक’ छ । भावनात्मक दुःख परेकाबेला उत्तेजना हुनक्छ भनेर उनले उत्तेजना अर्थात दुर्व्यवहारलाई स्वाभाविक रूपमा लिनुपर्नेतर्फ संकेत गरेकी छन् । आफ्नो ज्यानको परवाह नगरी अरुको ज्यान बचाउन अहोरात्र लागि परेका स्वास्थ्यकर्मीले राष्ट्रपतिको ट्वीटबाट शीतल’ महसुस गर्नछन् कि पीडामा थप पीडा दिन्छ ?

 


Author

थप समाचार
x