सरकार

मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा मन्त्रिपरिषद् विस्तार

इकागज |
वैशाख ६, २०८१ बिहीबार १९:३०:४७ बजे

महेन्द्रनगर- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

चौथोपटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गरी मन्त्रिपरिषद्  विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीमा भरतप्रसाद साह विनाविभागीय, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन, बेची लुङ्गेलीले विनाविभागीय मन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् । त्यस्तै गृह, सञ्चार तथा कानुन मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी शारदा थापाले प्राप्त गरेकी छन् ।


साह र भट्टराई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का हुन् भने लुङ्गेली नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र थापा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रदेशसभा सदस्य हुन् । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट बिहीबार नै पद तथा गोपनीयताको सपथ लिएका छन् । राज्यमन्त्री थापाले भने मुख्यमन्त्री यादवबाट सपथ लिएकी हुन् ।


Author

थप समाचार
x