सरकार

यस्ता मन्त्रिपरिषद्का निर्णयहरू

परराष्ट्रमन्त्री राणाले भदौ २ गतेदेखि भारतको भ्रमण गर्ने

इकागज |
साउन ३२, २०८१ शुक्रबार १५:४० बजे

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भदौ २ गतेदेखि भारतको भ्रमण गर्ने भएको छन् ।

साउन ३१ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले परराष्ट्र मन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणको स्वीकृति प्रदान गरिएको जानकारी दिए ।


त्यस्तै बैठकले काभा महिला भलिबल प्रतियोगितामा नेपालको तर्फबाट सहभागी खेलाडी १४ जनालाई जनही ३ लाख, मुख्य प्रशिक्षक १ जनालाई दुई लाख एवं व्यवस्थापक, सहायक प्रशिक्षक तथा फिजियोलाई जनही १ लाख २० हजार रुपैयाँका दरले पुरस्कृत तथा सम्मान गर्ने निर्णय गरेको छ ।

राजस्व न्यायाधीकरण पोखराको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश सुदर्शनराज पाण्डेलाई तोक्ने निर्णय बैठकले गरेको छ भने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधीवक्ता श्रीराम खनाललाई नेपाल कानुन व्यवसायी परिषदको सचिव पदमा खटाउने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए ।

बैठकले आर्थिक वर्ष ०७९/८० र २०८०/८१ मा लगातार दुई वर्षसम्म वार्षिक एक सय जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्थाको इजाजतपत्र चालु आर्थिक वर्षका लागि समेत नवीकरण गर्न आएमा अन्तिम पटकका लागि नवीकरण गर्न बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने निर्णय गरेको छ भने ५९ जना सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय समेत गरेको छ ।


Author

थप समाचार
x