प्रधानमन्त्री ओलीले सोमबार संसदमा सम्बोधन गर्ने
तस्विरः फाइल फोटो
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३१ गते (सोमबार) प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् । उनले आफ्नो भ्रमणको एजेन्डाबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।
भदौ २० गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण तालिका स्वीकृत गरेको थियो । प्रधानमन्त्री ओली आगामी असोज ४ गते संयुक्त राष्ट्र संघको ७९ औं महासभामा सहभागी हुने अमेरिका जाँदैछन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया