सरकार

प्रधानमन्‍त्री देउवा बालुवाटार सरे

इकागज |
साउन १, २०७८ शुक्रवार ११:३७ बजे

फाइल तस्‍बिर

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन् । शुक्रबार बिहान ९:५७ बजेको शुभ साइत पारेर देउवा निजी निवास बूढानीलकण्ठबाट सरकारी निवास बालुवाटार सरेका हुन् । निवर्तमान प्रधानमन्‍त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छोडेका थिए । मंगलबार प्रधानमन्त्री भएका देउवा निजी निवास बूढानिलकण्ठमै बसिरहेका थिए ।



Author

थप समाचार
x