सरकार

चन्दलाई प्रधानमन्त्री देउवाको वचनः सहमति कार्यान्वयन गरिन्छ

इकागज |
साउन ६, २०७८ बुधबार १९:३ बजे

काठमाडौँ - प्रधानमन्त्री शेरबहादर देउवाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग यसअघिको सरकारले गरेको सहमति कार्यान्वयन गर्ने वचन जनाएका छन् । बुधबार प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका चन्द नेकपाका नेताहरूसँग यस्तो प्रतिबद्धता जनाएका हुन् ।

प्रधानमन्त्री देउवालाई भेट्न चन्दसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सचिवालय सदस्य धमेन्द्र बास्तोला बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँगको छलफलपछि नेता बास्तोलाले सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया जनाएको बताए । ‘हामीले सहमति कार्यान्वयन गर्नुपर्‍यो भन्ने कुरा राख्यौँ,’ उनले भने, ‘ल हुन्छ काम गर्छौ भन्ने जवाफ दिनुभयो । छलफल गरेर गरिन्छ भन्नु भयो ।’ सहमति कार्यान्वय गर्ने कुनै समयसीमा भने नतोकिएको उनले बताए । 


चन्द नेतृत्वको नेकपाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेको थियो । सहमति भएको साढे चार महिनासम्म पनि प्रतिबन्ध फुकुवा गर्नेबाहेक बन्दी रिहाइ र मुद्दा फिर्ताबारे कुनै काम हुन सकेन । 


Author

थप समाचार
x