सरकार

मन्त्रिपरिषद् बैठक

शिक्षक सेवा आयोगको अध्यक्षमा रेग्मी

निषेधाज्ञाभरको व्यक्तिगत घटना दर्ता विलम्व शुल्क छुट दिने

इकागज |
साउन १९, २०७८ मंगलबार १८:४१ बजे

काठमाडौ– सरकारले शिक्षक सेवा आयोग गठन गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
 
त्यस्तै सरकारले आयोगका दुई सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गर्ने निर्याय गरेको छ । त्यस्तै सरकारले यसियाली विकास बैंकद्वारा रेस्पोन्सिभ कोभिड १९ भ्याक्सिन भर रिकोभरी प्रोजेक्टका लागि दिएको १६५ मिलियन अमेरिकी डलर सौलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ । 

वैशाख १६ देखि निषेधाज्ञाभरको व्यक्तिगत घटना दर्ता विलम्ब छुट दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको प्रवक्ता कार्कीले जानकारी दिए । 


त्यस्तै सरकारले विभुषण समितिमा भुषण श्रेष्ठ, गोविन्दप्रसाद शर्मा, मदनराज श्रेष्ठ, कुशप्रशाद मुल्मी, ओमप्रकाश महतो, नरबहादुर कडेललाई मनोनयन गरेको छ । 

त्यस्तै बैठकले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी र सम्पादक सल्लाहकार गोपाल खनालले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ । 
 


Author

थप समाचार
x