सरकार

गृहमन्त्रीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रशंसा गरे

इकागज |
साउन २१, २०७८ बिहीबार २०:२४ बजे

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले गरेको कार्यको प्रशंसा गरेका छन् । सिंहदरबारमा मन्त्री खाणको अध्यक्षतामा विहीबार बसेको बैठकमा उनले सशस्त्रको कार्य विवरणको विशेष प्रशंसा गरेका हुन् ।

२०७७/०८८ को तेस्रो चौमासिक वार्षिक समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले भने, 'सशस्त्रको काम प्रशंसनीय छ । नेपाल प्रहरीको पनि अब्बलता नै देखिन्छ ।’ 


राष्ट्रिय परिचयपत्र विभागले निर्वाह गरिरहेको भूमिका एतिहासिक रहेको बताउँदै अब कागजी-युगको अन्त्य हुँदै जाँदा यस्ता कार्यमा जोड दिनुपर्ने बताए । ‘यसमा हाम्रो सफलतासँगै ठूलो चुनौती पनि छ । प्रबिधिमा आउन सक्ने समस्याहरूबारे हामीले  सहजकता  र सावधानी अपनाउन आवश्यक छ ।’ अन्य सुरक्षासँगै अव डेटा सुरक्षाको विषयमा सम्बन्धित निकाय अत्यन्तै चनाखो र जिम्मेवार हुन जरुरी छ।  

जेललाई व्यवस्थित बनाउन आवश्यक 

कारागारमा रहेका कैदीबन्दीहरु पनि नेपाली नागरिक वा विदेशी नागरिक रहेको भए पनि उनीहरूलाई मानवताको आधारले सबै न्यूनतम व्यवस्थापन गर्ने दायित्व सरकारको हो । उनीहरुको स्वास्थ-उपचार, दैनिक खानपान र सहज बसोबास राज्यको जिम्मेवारी भएको पनि उनले बताए  ।

‘यसलाई व्यवस्थित बनाउनु हाम्रो दाहित्व पनि हो। राज्य संचालनमा मन्त्रालय मातहातको विभागहरुसँग क्रमिक भेट र बैठक गर्दै कार्ययोजना बनाएर अघि बढ्ने छौँ । यसका सबै तयार रहेको काम गर्नुहोला,’ उनले निर्देशन दिए । 


Author

थप समाचार
x