सरकार

बजेट सञ्‍चालन गर्न बाधा पर्दैन : सांसद् कर्ण

इकागज |
भदौ २९, २०७८ मगलवार १७:१० बजे

काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले विनियोजन विधेयक संसद्को आगामी बैठकबाट पारित हुने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ सांसद कर्णले सरकारले पेश गरेको विनियोजन विधेयक संसदको असोज ४ गते बस्‍ने बैठकले पारित गर्ने बताएका हुन् ।

असोज ४ गतेसम्म बजेट सञ्चालन गर्न कुनै समस्या नभएको भन्दै उनले भने, ‘यो अध्यादेशबाट आएको कारणले प्रतिस्थापन विधेयक पेश भइसकेको छ । प्रतिस्थापन विधेयक पेश भइसकेको कारणले त्यो ६० दिनमा अन्त्य हुँदैन । र बजेट यहाँबाट पास हुन्छ भने मलाई लाग्छ ४ गते राखेको छ भैहाल्छ । बजेट सञ्चालन गर्न बाधा पर्दैन ।’



Author

थप समाचार
x